धनगढी : सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार कन्द्रकला रानाले मतान्तर फराकिलो बनाउँदै गइरहेकी छन् ।
मतगणना सुरु भएको दिनबाट शनिवार बिहान पहिलोपल्ट एमालेकी उम्मेदवार कन्दकला रानाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पछि पारेकी थिइन । भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ः १७ बजे सार्वजनिक गरेको उप-महानगरपालिकाको मत परिणामअनुसार एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबिच कडा टक्कर भइरहेको छ।
रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन्। उनीहरूबिच एक हजार ५ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन्।
१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।