धनगढीको उपमेयरमा हप्ता पछि कन्द्रकलाको सनसनीपूर्ण पुनरागमन

एमालेकी उम्मेदवार कन्दकला राना

धनगढी : सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट  उपमेयर पदकी उम्मेदवार  कन्द्रकला रानाले मतान्तर फराकिलो बनाउँदै गइरहेकी छन् ।

मतगणना सुरु भएको दिनबाट शनिवार बिहान पहिलोपल्ट एमालेकी उम्मेदवार कन्दकला रानाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पछि पारेकी थिइन । भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले  साँझ ५ः १७ बजे सार्वजनिक गरेको उप-महानगरपालिकाको मत परिणामअनुसार एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबिच कडा टक्कर भइरहेको छ।

रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन्। उनीहरूबिच एक हजार ५ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन्।

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार