धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा आइतबार देखि जग्गा नापजाँचको काम सुरु भएको छ। भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जग्गा नापजाँचको उद्घाटन गरेका हुन्।
वडा नम्बर ४ मा जग्गा नापजाँचको काम सुरु भएसँगै धनगढी उपमहानगरपालिकाका पाँच वडामा काम थालिएको हो। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई जग्गाको नापजाँचमा विवाद नगर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन्।