काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सात स्थानमा आगलागी, दुई स्थानमा पहिरो, दुई स्थानमा जनावरको आक्रमण र एक स्थानमा भारी वर्षा भएको छ। घटनाबाट १ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।