पछिल्लो २४ घण्टामा देशभर १२ वटा विपद्का घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सात स्थानमा आगलागी, दुई स्थानमा पहिरो, दुई स्थानमा जनावरको आक्रमण र एक स्थानमा भारी वर्षा भएको छ। घटनाबाट १ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार