काठमाडौं : प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।
प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने कुनै मत नपरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रियाबाट विधेयक पारित गरिएको हो ।