प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित, पक्षमा १३५ र विपक्षमा ६० मत पर्यो

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित

नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं : प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।

प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने कुनै मत नपरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान प्रक्रियाबाट विधेयक पारित गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार