धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरूमा उजुरी दर्ताको लागि आह्वान गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै तथ्य प्रमाण सहित पीडितहरू लाई उजुरी दर्ता गर्न भनेको हो ।
मिटर ब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेको परिपेक्षमा उजुरी दर्ता गर्न आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी द्वारा हस्ताक्षरित, जारी गरिएको सूचनामा भनिएको छ ।
“हालैका दिनमा मिटर ब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भएका छन् । साथै गृह मन्त्रालयले मिति २०७९/०४/२८ गते त्यस्ता आर्थिक अपराधीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने प्रयोजनार्थ सार्वजनिक सूचना समेत प्रकाशन गरेको ब्यहोरा अवगत गराउँदै यस जिल्लामा त्यस्तो कुनै आर्थिक अपराध भएर गरेको भएमा मिटर ब्याजीले गरेका त्यस्ता अपराध र शोषण विरुद्ध यथासम्भव बढी तथ्य प्रमाण सहित यस कार्यालयमा यथासम्भव छिटो उजुरी दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”







You must be logged in to post a comment.