धनगढी : नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा धिरज कुँवर निर्वाचित भएका छन् ।
सोमबार तत्कालीन अध्यक्ष विवेक नागरीको अध्यक्षतामा धनगढीमा सम्पन्न नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन बाट अछामका कुँवर अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
अध्यक्ष कुँवर रहेको नयाँ कार्यसमितिमा उपाध्यक्ष चक्र मल्ल, महासचिव शंकर बोहरा, सचिव पाण्डव पुजारा, महिला सचिव सुनिता विक, कोषाध्यक्ष नीराजन परिवार, सह-कोषाध्यक्ष सुदिप थापा निर्वाचित भएका छन् ।
यस्तै, सर्वसम्मत निर्वाचित हुने सदस्यहरू मा प्रेम जोशी कैलाली, सोधपत्र मिडियाका सञ्चालक तथा सोधपत्र डटकमका प्रकाशक समीर प्र. भट्ट कैलाली, मोहन पनेरु डोटी, रिदम सिंह बझाङ, मदन विक बाजुरा, योगेन्द्र नायक कैलाली, रमेश खत्री दार्चुला र दिनेश महरा कञ्चनपुर रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, सचिव हरि जोशी, प्रेस चौतारी नेपाल सुदूरशिचम प्रदेशका महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी,प्रेस युनियनका कैलालीका अध्यक्ष श्रवण देउवा अध्यक्ष, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंह,महासचिव शिवरी पाण्डे लगागतका पत्रकारहरूको सहभागिता रहेको थियो ।









You must be logged in to post a comment.