फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

धनगढी: नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् ।

गोदावरीमा शनिबार बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो । सदस्यमा मनोनित भट्ट रेडियो धनगढीका बरिष्ठ संवाददाता तथा सोधपत्र डटकमका अध्यक्ष हुन । भने श्रेष्ठ अर्थसरोकारको सुदूरपश्चिम संयोजक तथा रेडियो धनगढीका बरिष्ठ संवाददातामा कार्यररत रहेका छन ।

यस्तै आजै बसेको महासंघको बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह कोषाध्यक्षमा पबित्रा ढकाललाई नियुक्त गरेको छ । यसैगरी महासंघले सदस्यहरुलाई तालिम दिने समेत निर्णय गरेको जनाएको छ ।

फोटो पत्रकार महासंघ कैलाली

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार