धनगढी : प्रेस काउन्सिल सशक्त लेखन पुरस्कारबाट कैलालीका वरिष्ठ पत्रकार दिलबहादुर छत्याल पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले ५३औँ वार्षिकोत्सवको अवसरमा सशक्त लेखन पुरस्कारबाट छत्याल सहित चार जना लाई पुरस्कृत गर्न लागेको हो ।
यही भदौ ३१ गते बसेको प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले यो वर्ष २०७९ असोज ६ गते काउन्सिलको ५३औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति संस्थामध्येबाट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त पुरस्कार सो दिन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदान गरिने छ प्रेस काउन्सिल नेपालले जनाएको छ ।
प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली यस प्रकार छ ।