धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर सुरुवाती मतगणनामा पछि परेकी छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ को ८०० मतको गणना सकिदा नेकपा एमालेका तारालामा तामाङले अग्रता लिएका छन् ।
तामाङले कुल सदर मध्ये ५०३ मत प्राप्त गरेका छन् भने मगरले १४५ मतसहित पछ्याइरहेकी छन् । मगर पूर्व खानेपानी मन्त्री हुन् ।
तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।