झापा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार शर्मा ५३४३ मतसहित लिड गरिरहेका छन् भने नेकपा एमालेका अग्नि खरेल ३१०८ मत पाएका छन् । शर्मा २२३५ मतले अगाडि छन् ।