कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुन चौधरीलाई उछिन्दै गठबन्धन उम्मेदवार माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् ।
१४ हजार २२३ मत गणना गर्दा बडुवालले चार हजार ६९१ मत प्राप्त गरेका छन् । पछाडि परेका चौधरीले चार हजार ५२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका झपट रावलले तीन हजार ५८४ मत प्राप्त गरेका छन् ।