धनगढी : बझाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशी २८ हजार १४३ मत ल्याउँदै विजयी भएका हुन् ।
९ सय ९८ मतान्तरले विजयी हुँदा नेकपा एमालेका ओनटेस्ट उम्मेदवार ऐन बहादुर महरले २७ हजार १४५ मत ल्याएका थिए ।
यस्तै, राप्रपाका विश्व प्रकाश जेठाराले १ हजार १९९ मत प्राप्त गरेका छन् ।
बझाङमा जम्मा ६१ हजार ५०६ मत खसेकोमा कुल सदर मत ५८ हजार ४७ रहेका छन् । भने कुल बदर मत ३ हजार ४५९ रहेका छन् ।