दुई वर्ष ढुक्क: प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदको विश्वास, विपक्षमा २ मत

प्रधानमन्त्री प्रचण्डलाई २६८ मत, विपक्षमा २ मत
प्रकाशित : :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिए ।

१७ दिनअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट