SKIP THIS

S.P.A  Collage

प्रधानमन्त्री ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।

उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुहुने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीमा उहाँले विश्वासको मत प्राप्त गर्ने कुरामा आफू विश्वस्त मात्रै नभई सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमै सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले मङ्गलबार प्रतिनिधि सभामा विश्वासको मत दिन आग्रह गर्नुभएको हो । जवाफमा सभापति देउवाले मङ्गलबार बिहान पार्टीको संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न आउनुभएको छलफलमा सहभागी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । सभापति देउवाले मङ्गलबार बिहान साथीहरूसँग छलफल गरेर निर्णय लिने प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिनुभएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार