गोदावरी : कैलालीको गोदावरी नगरपालिका – ६ बडेहाका २७ जना किसानलाई बङ्गुरका पाठा, पाठी वितरण गरिएको छ । बुधवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व पूर्वदार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई बङ्गुरका पाठा,पाठी वितरण गरेकी हुन ।
उनले महिलाहरूको आर्थिक सशक्तीकरण गर्नको लागि बङ्गुरका पाठा पाठी वितरण गरिएको बताइन् । उनले बाटो घाँटो पुल पुलेसा सँगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिँदै आएको बताउँदै जब सम्म विपन्न समुदाय आर्थिक रूपमा संवृद्ध हुँदैनन् तबसम्म सामाझको विकास नहुने बताइन् ।
कार्यक्रम अन्तरगत तालिम पनि दिइने बताए । कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा संचालिन कार्यक्रमका स्थानीय बङ्गुर पालन किसान समूहमार्फत सञ्चालन गरिएको हो । जसअन्तर्गत २७ किसानलाई ५९ वटा बङ्गुर वितरण गरिएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समूह मार्फत १५० वटा बङ्गुर वितरण गर्ने कार्यक्रम रहेको छ । बाकी बङ्गुर केही दिनमा जङ्गली बङ्गुर पालन किसान समूह मार्फत वितरण गरिने जनाइएको छ ।