बुधवार बडेहाका किसानलाई बङ्गुर वितरण

बुधवार बडेहाका किसानलाई बङ्गुर वितरण
प्रकाशित : :

गोदावरी : कैलालीको गोदावरी नगरपालिका – ६ बडेहाका २७ जना किसानलाई बङ्गुरका पाठा, पाठी वितरण गरिएको छ । बुधवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व पूर्वदार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई बङ्गुरका पाठा,पाठी वितरण गरेकी हुन ।

उनले महिलाहरूको आर्थिक सशक्तीकरण गर्नको लागि बङ्गुरका पाठा पाठी वितरण गरिएको बताइन् । उनले बाटो घाँटो पुल पुलेसा सँगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिँदै आएको बताउँदै जब सम्म विपन्न समुदाय आर्थिक रूपमा संवृद्ध हुँदैनन् तबसम्म सामाझको विकास नहुने बताइन् ।

कार्यक्रम अन्तरगत तालिम पनि दिइने बताए । कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा संचालिन कार्यक्रमका स्थानीय बङ्गुर पालन किसान समूहमार्फत सञ्चालन गरिएको हो । जसअन्तर्गत २७ किसानलाई ५९ वटा बङ्गुर वितरण गरिएको छ । 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समूह मार्फत १५० वटा बङ्गुर वितरण गर्ने कार्यक्रम रहेको छ । बाकी बङ्गुर केही दिनमा जङ्गली बङ्गुर पालन किसान समूह मार्फत वितरण गरिने जनाइएको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट