काठमाडौं : नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५३ लाख नाघेको छ। सरकारले आइतबार सार्वनजिक गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणमा २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार १ सय ७८ रहेको उल्लेख छ।
जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत,व्यवसायिक लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म मूल्य अभिवृद्धि करदमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७ सय १० पुगेको छ।
अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २० हजार २ सय ९२ पुगेको छ।