स्थायी लेखा नम्बर लिनेको संख्या ५३ लाख नाघ्यो

personal pan card nepal

काठमाडौं : नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५३ लाख नाघेको छ।  सरकारले आइतबार सार्वनजिक गरेको आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणमा २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५३ लाख  ४१ हजार १ सय ७८ रहेको उल्लेख छ।

जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत,व्यवसायिक लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म मूल्य अभिवृद्धि करदमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७ सय १० पुगेको छ।

अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २० हजार २ सय ९२ पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार