धनगढी : धनगढीमा प्रहरीले भन्सार छली गरेर ल्याएको दुई लाख बराबरको अवैध समान बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्र चन्द नेतृत्वको टोलीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका–४ ओमशान्ती टोलबाट अवैध समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पाँच सय थान कुर्ती बेवारिसे अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।