शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा धान रोपियो

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपियो
प्रकाशित : :

धान दिवसको अवसर पारेर शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा धान रोपिएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडी धान रोपेको हो ।

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न सरकारलाई दवाव दिन सांकेतिक विरोध स्वरुप विश्वविद्यालयको गेट अगाडी धान रोप्न रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताएका छन ।

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट