SKIP THIS

S.P.A  Collage

जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा

जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा

धनगढी : शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरेको छ । संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिने आम हड्तालको घोषणा गरेको हो ।

संघर्ष समितिले विज्ञप्ती जारी गर्दै शालिन र अनुशासित ढंगले विरोधका कार्यक्रम गर्दापनि सुदूरपश्चिमेली जनताको मागप्रति सरकार उदासीन देखिकाले बाध्य भएर आम हड्ताल गर्नुपरेको उल्लेख गरिएको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयद्धारा जारी विज्ञप्तीमा आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा बन्दको समयावधिमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिदिन अनुरोध गरिएको छ । आम हड्ताल गर्दा पनि माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाल सरकारले यही २०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा कैलाली जिल्लाको गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति घोर विरोध रहदै आएको उल्लेख गरिएको छ ।

‘२०७९ साल माघ २९ को मन्त्रि परिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको आ व २०८०र८१ को नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो । तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको कुरा आम जनसमुदायलाई जानकारी गराउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ‘मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीति कर्मीहरुको गठजोडले गर्दा यो कामलाई विफल पार्ने प्रयास भएको छ ।’

संघर्ष समिति संयोजक लोकराज पाण्डेले यो आन्दोलन सिगाृं सुदूरपश्चिमबासीको भएकाले सबैको साथ आवश्यक रहेको बताए । यतिबेला सडक देखी सदनमा गेटा मेडिकल बिश्वबिद्यालयका लागी आवाज उठिरहेको बताउँदै पाण्डेले सरकारले माग सुनुवाई नगरे थप आन्दोलन चर्किने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका सह संयोजक आनन्द भट्टले सरकार आफैले गरेको निर्णयबाट पछि हट्नु संकास्पद भएको बताए । कतै मेडिकल माफियाको चगुंलमा फसेर सरकार मेडिकल बिश्वबिद्यालय बनाउनबाट पछि हटेको त होइन भन्दै उनले प्रश्न गरे । सुदूरपश्चिमबासीको एकसुत्रे माग सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने मात्रै भएका कारण सरकारले गम्भिर भएर सोच्नुपर्ने बेला भएको भट्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार