धनगढी : कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका सामादायिक विद्यालयका शिक्षकहरुलाई अवकास दिन निर्देशन दिएको छ ।
धनगढी उपमहानगरपालिकाका १३ ओटा सामुदायीक विद्यालयलहरुलाई पत्र पठाउँदै अध्यापन अनुमति पत्र नभएका शिक्षक नियुक्ति गर्ने कार्य शिक्षा ऐन विपरित भएकाले त्यस्ता शिक्षकलाई प्रक्रिया पुर्याएर अवकास दिन निर्देशन दिएको हो ।
‘विद्यालयमा शिक्षा ऐन कानून विपरीत अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा त्यस्ता व्यक्तिहरुलाई नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी अवकास गरेर शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली र यस कार्यालयलाई तत्काल जानकारी गराउनु हुन अनुरोध छ ‘अव उप्रान्त शिक्षा सम्वद्ध ऐन कानून र प्रचलित नेपाल कानून विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’ धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीद्धारा जारी पत्रमा भनिएको छ ।