अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई अवकास दिन धनगढी उप-महानगरको निर्देशन

धनगढी उप-महानगरपालिका

धनगढी : कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका सामादायिक विद्यालयका शिक्षकहरुलाई अवकास दिन निर्देशन दिएको छ ।

धनगढी उपमहानगरपालिकाका १३ ओटा सामुदायीक विद्यालयलहरुलाई पत्र पठाउँदै अध्यापन अनुमति पत्र  नभएका शिक्षक नियुक्ति गर्ने कार्य शिक्षा ऐन विपरित भएकाले त्यस्ता शिक्षकलाई प्रक्रिया पुर्याएर अवकास दिन निर्देशन दिएको हो ।

‘विद्यालयमा शिक्षा ऐन कानून विपरीत अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा त्यस्ता व्यक्तिहरुलाई नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी अवकास गरेर शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली र यस कार्यालयलाई तत्काल जानकारी गराउनु हुन अनुरोध छ ‘अव उप्रान्त शिक्षा सम्वद्ध ऐन कानून र प्रचलित नेपाल कानून विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’ धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत  नरेन्द्रबहादुर खातीद्धारा जारी पत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार