काठमाडौं : कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।
परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । सबैभन्दा बढी ‘नन ग्रेडिङ’ एनजी अंग्रेजी विषयमा आएकाे छ । १ लाख ९ हजार ५२७ जनाकाे अंग्रेजी विषयमा एनजी आएकाे हाे ।
याे वर्ष ३ प्रतिशतले नतिजामा सुधार भएकाे बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।