अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा

अर्थ मन्त्रालय
प्रकाशित : :

काठमाडौं : सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव भइसकेका पुष्करलाई अर्थमन्त्रालयमा सरुवा गरेको हो।

अर्थमन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। 

त्यस्तै सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ। जसमा चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको हो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट