डडेल्धुरा : डडेल्धुराको आलिताल-७ राउजाली बस्ने खडक बिष्टका २२ बर्षिया छोरा राजेश बिष्टको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।
मृतक बिष्टको घरमा डेढ बर्षिया छोरी र श्रीमति रहेका छन्।