धनगढी : आर्नभ जैगडीको पहिलो जन्मोत्सवको अवसरमा दृष्टि फाउन्डेसन मा फलफूल सेवा गरिएको छ ।
आईतबार आर्नभको जन्मदिनमा दृष्टि फाउन्डेसनमा आश्रित आमा दिदीबहिनी हरू र बच्चाहरूलाई फलफूल खुवाइएको हो ।
दृष्टि फाउन्डेसन नेपालको स्थापना देखि हाल सम्म पनि निरन्तर सहयोग गर्दै आएकोमा आर्नभका बुवा राजन जैगडी र भावना जैगडी लाई दृष्टि फाउन्डेसन परिवारले फलफूल सेवाका लागी हृदय देखि धन्यवाद व्यक्त गरेको छ ।
जैगडी परिवारले पनि बाबुको जन्मदिन यसरी नै मनाउने र भविष्यमा आर्नभ लाई सामाजिक कार्यमा लाग्न प्रेरणा मिलोस् सबैको साथ र शुभेच्छा मिलोस् भनी उक्त कार्य गरिएको बताएका छन् ।