फोन बन्द हुने समाचारसँगै एमडीएमएसको वेबसाइट डाउन

फोन बन्द हुने समाचारसँगै एमडीएमएसको वेबसाइट डाउन
प्रकाशित : :

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन सोमबार पश्चात बन्द गर्ने समाचार प्रकाशन भएपछि ट्राफिक धान्न नसकेर वेबसाइट डाउन भएको हो । 

प्राधिकरणले सो प्रणालीमा फोन दर्ता गर्न दिएको अन्तिम मिति आज सोमवार समाप्त हुँदैछ । यस्तोमा अधिकांश प्रयोगकर्ताले एकसाथ दर्ता गर्न खोज्दा साइट डाउन भएको प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले बताए । 

“धेरै सेवाग्राहीले आफ्नो फोन दर्ता गर्न खोज्नु भएको होला । त्यसैले ट्राफिक बढी भएर साइट डाउन भएको हो,” मिश्रले भने, “त्यसको समाधान के हुन सक्छ हामी बुझ्दै छौं ।” 

हाल ब्राउजरमा mdms.nta.gov.np सर्च गर्दा ‘दिस साइट क्यान नट बी रिच्ड’ भन्ने सूचना देख्न सकिन्छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट