आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता कसरी गर्ने ? (भिडियो)

आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता कसरी गर्ने ? (भिडियो)

धनगढी : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।

आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

Mobile Devices Management System

Mobile Device Management System (MDMS)

कार्यान्वयनमा ल्याउने सम्बन्धी

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/०५/३०

मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS प्रणाली लागु गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः MDMS प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ।२०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन अनुरोध छ। साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नुहुन जानकारी गराईन्छ।

हर्नुहोस् भिडियो...

 

आफ्नो मोबाईलको IMEI खोज्नुहोस

खोज्नुहोस


मोबाईल खरिद गर्नुअघि IMEI दर्ता भए/नभएको हेर्नुहोस

दर्ता भए/नभएको हेर्नुहोस


IMEI भनेको के हो?

SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ | त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन | IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो |

आफ्नो IMEI कसरि पत्ता लगाउने ?

आफ्नो मोबाईलको Keypad मा गई *#०६# Dial गरे पछी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ |

MDMS प्रणाली भनेको के हो?

नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ | अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ |

MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?

हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ | साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ |

प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?

हुँदैन | यो गैर कानुनी हो | मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ |

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार