भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा धनगढीबाट ‘सेक्स टोय’ बरामद

sex toy
प्रतिकारात्मक तस्बिर
प्रकाशित : :

धनगढी: धनगढीमा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१० मा भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरीले बताएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट