धनगढी : धनगढी जेसिजले वर्ष २०२४ का लागि नयाँ कार्य समिति चयन गरेको छ । शनिवार धनगढी जेसीजको ४१औँ शाखा अधिवेशन मार्फत वर्ष २०२४ का लागी नयाँ कार्यसमिति चयन गरिएको हो ।
धनगढी जेसिजको वर्ष २०२४ का लागि निर्वाचित पदाधिकारीहरू मा अरुण सिंह अध्यक्ष, कार्यकारी उपाध्यक्षमा आशिस सिंह र तर्कराज भट्ट रहेका छन् ।
यस्तै, महासचिवमा हरि प्रसाद जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् । भने चन्द्रकान्त पनेरु कानुनी सल्लाहकारमा निर्वाचित भएका छन् ।