दोधारा चादँनी : महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ । जो नेपालको दार्चुला जिल्लाको एक भाग हो ।
जब यो नदि बग्दै कञ्चनपुर आईपुग्छ नेपालको एक पालिका दोधारा चादँनी नगरपालिका महाकाली नदी भन्दा पारी र वारी भिमदत्त नगरपालिकाको बिच भएर बग्ने गर्दछ ।
भीमदत्त नगरपालिका वडा नं १२ महाकाली नदिको छेउमै महाकाली माथि निर्माण गरीएको चार लेनको पक्की पुल जोड्ने सडक (भाईरल रोड)
यहाँ दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल छ । जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ। यो पुलले कञ्चनपुर जिल्लाको दोधारा चॉदनी र भीमदत्त नगरपालिका नगरपालिका लाई जोडेको छ । दक्षिण एसियाकै द्रोसो लामो पुलको रुपमा चिनिने यस पुलले महाकाली पारी रहेको नगरपालिका लाई जोडने काम गर्नुका साथै यस क्षेत्रको सौन्दर्य बढाएको छ । भने सोही क्षेत्रमा चार लेनको मोटरेबल पुल पनि निर्माणाधिन अवस्थामा छ । उक्त मोटरेबल पुलबाट पनी आवत जावत गर्न भने सकिन्छ । यी दुई पुलले त्यहाँको जीवीका, सौन्दर्य र पर्यटन लगायतका हरेक चिजवस्तुको शाख जोगाएको छ ।
यस नदीको नाम काली माताको नामबाट भएको हो । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा नेपाल र भारतको सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा गोरी नदी पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ ।
बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई ‘काली कुमाँऊ’ भनिन्छ । महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।
पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रूपमा बाँध बनाउन महाकाली सन्धि गरिएको छ ।
टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ ।
यस अन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।