बाजुराको छेडेदह ताल संरक्षण र प्रचारको पर्खाइमा, सरोकारवाला गर्दैनन् वास्ता

बाजुराको छेडेदह ताल
बाजुराको छेडेदह ताल

बाजुरा : बाजुराको छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा परेको छ। छेडेदह गाउँपालिकाको मात्र नभैई बाजुराको एतिहासिक महत्व बोकेको र पर्यटकिय सम्भावना भएको छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा परेको हो।

बाजुराको खप्तड छेडेदह गाँउपालिकामा रहेको ताल तिन तहकै सरकारबाट समेत अपहेलित हुँदै आएको स्थानियको भनाई छ। प्रकृतिकै अनुपम उपहारका रुपमा मानिने उक्त तालको संरक्षणमा नत सम्बन्धीत सरोकारवाला निकाय ध्यान दिन सकेका छन् नत तिन तहकै सरकारले नै।

तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि जिम्मेवार सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै अग्रसर बन्न सकेका छैनन्। छेडेदह ताल उल्टै नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै समेत संरक्षणको पर्खाइमा रहेको छ।

गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था भने फेरिएको छैन। जनप्रतिनिधि फेरिए तर तालको अवस्था ओझेलमा पर्दै गएको छ। बरु जनप्रतिनिधिले पटक पटकको चुनावका बेला सो ताललाई भोट माग्ने चुनाबी एजेण्डा बनाएर जित्ने र जितेपछि फर्केर नहेर्ने गरेको स्थानीयहरुको भनाई छ।

तालको संरक्षण, प्रबर्द्धन, प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने कुरामा गाउँपालिका नै चिन्तित बनेको छैन्। अझ पालिकाले तालको प्रबर्द्धनका लागि दीर्घकालिन रणनीति तयार गरेको भएपनि कार्यान्वयन गर्न सकेको छैन्। प्रदेश र संघ सरकारले पनि जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करोडौंको बजेट बिनियोजन गर्दै आएको भएपनि छेडेदह तीन वटै तहका सरकारको ध्यानमा छैन। बर्सेनि छेडेदह ताल घुम्नका लागि झन्डै २ हजार बढीको संख्या आन्तरिक पर्यटकहरु जिल्लाका विभिन्न पालिकाबाट आउने गरेका छन्।

गाउँपालिका भित्रका सबै राजनीति दलहरुले तालको संरक्षण, प्रबर्द्धन र विकासमा लाग्ने एकिबद्धता जनाउने बताएपनी बोलेका कुरा कानर्यान्वयन भने हुन सकेका छैनन्। गत भाद्रमा छेडेदह साहित्य प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममासामुहिक प्रतिबद्धता जनाएका उनीहरुले भने अनुसारको कामको परिणाम पनी नदेखिएको बताइएको छ। तालको प्रबर्द्धन गरि पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन आफुहरु पनि प्रतिबद्धता जनाउने तर बोल्ने बिर्सिने गरेको परिणाम देखाउने गरेको स्थानियको भनाई छ। -तस्बिरः मिन बहादुर खड्का/बाजुरा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार