सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन दुवै सुनको मूल्य क्रमशः १ लाख १८ हजार र १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो। यता चाँदी पनि आज तोलामा १५ रुपैयाँ महंगो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ।
उता अन्तर्राष्ट्रिय बजारमा भने सुन आज केही घटेर प्रतिऔँस २ हजार ४१ अमेरिकी डलरमा कारोबार भएको छ।