चाँदी आज पनि तोलामा १५ रुपैयाँ महंगो, सुनको मूल्य कति ?

चाँदी आज पनि तोलामा १५ रुपैयाँ महंगो, सुनको मूल्य कति

सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार र तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

अघिल्लो दिन दुवै सुनको मूल्य क्रमशः १ लाख १८ हजार र १ लाख १७ हजार ४ सय ५० रुपैयाँ थियो। यता चाँदी पनि आज तोलामा १५ रुपैयाँ महंगो भएको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

उता अन्तर्राष्ट्रिय बजारमा भने सुन आज केही घटेर प्रतिऔँस २ हजार ४१ अमेरिकी डलरमा कारोबार भएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार