काठमाडौँ : सञ्चारकर्मी , गायक तथा उद्यमी सागर जोशी उत्कृष्ट म्युजिक अवार्डबाट सम्मानित भएका छन्। काठमाडौँमा सम्पन्न ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३’ कार्यक्रममा जोशीको बाडुल्की गीतलाई अवार्ड प्रदान गरिएको हो।
साथै बाडुल्की गीतको म्युजिक भिडियोमा अभिनय गरेका मोडेल विकाश सुवेदी पनि सम्मानित भएका छन्। गायिका रचना रिमाल र जोशीको स्वरमा रहेको सो गीत लोक पप विद्यामा अत्यधिक भोट पाएर विजयी भएको हो।

क्वालिटी फिल्म प्रा.लीद्वारा आयोजित तेस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३’ मलेसिया र नेपालमा कार्यक्रम भएको थियो। क्वालिटी फिल्म प्रा. लीले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ।








You must be logged in to post a comment.