सागर जोशीको ‘बाडुल्की’ सार्वजनिक (भिडियो सहित)

सागर जोशीको बाडुल्की सार्वजनिक (भिडियो सहित)

धनगढी : सागर जोशी को बाडुल्की गीत सार्वजनिक भएको छ । भिडियो सहितको गीत मङ्गलवार अपराह्न पाँच बजे रियालिटी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सागरले आवाज दिएर  सार्वजनिक भएको यो पहिलो गीतमा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् । 

यस्तै, ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा लिरिक्स हिमान्सु रायमाझी, म्युजिक कृष्ण पाण्डे कृश, म्युजिक अरेन्ज रुबिन मगरको रहेको छ । भने, मिक्सीङ्ग नरेश बिबिसीले गरा छन् । 

को हुन सागर ?

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा जन्मिएका सागर जोशी उच्च शिक्षा अध्ययनका लागी धनगढी आएका थिए । धनगढीमा बसाइँका क्रममा उनले अध्ययन सँगै मिडिया र सङ्गीत क्षेत्रमा क्रियाशील रहेका थिए ।  भने काठमाण्डौंमा डेन्टिष्ट क्षेत्रमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका जोशीले अहिले बाडुल्की गीत सार्वजनिक गरेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार