धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत ४ खेल सम्पन्न

धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न
प्रकाशित : :

धनगढी: धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय,होलिल्याण्ड इङ्लिस स्कुल , सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् ।

धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गरे संगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ, भने धनगढी मोडेल माध्यमिक बिद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ ।

आजै भएको दोश्रो खेल अन्तर्गत अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले धनगढीको सुदुरपस्चिमान्चाल एकेडमी लाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । सुदुरपस्चिमान्चल एकेडमी आजको खेलमा पराजित भए संगै खेलबाट बाहिरिएको छ ।

आजै सम्पन्न तेश्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक बिद्यालयले धनगढीकै ऐश्वर्या बिद्या निकेतनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो संगै सरस्वती माध्यमिक बिद्यालय प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ, भने ऐश्वर्या बाहिरिएको छ ।

अन्तिम चौथो खेलमा एलायन्स इन्टरनेस्नल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५–० गोल अन्तरले पराजित गर्यो । यो संगै एलायन्सपनि प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

यस अघी ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न क्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक बिद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल भोली हुने छन् ।

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट