धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरका रूपमा मानिएको सेती प्रादेशिक अस्पताल धनगढीले सेवा प्रवाह सम्बन्धी सुझाव सङ्कलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको छ ।
बुधवारबाट सेवा प्रवाह सम्बन्धी सुझाव, गुनासा भए उक्त कोड मार्फत सकारात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले जानकारी दिए ।
शाहका अनुसार क्युआर स्क्यान गर्दा सेवा सम्बन्धी फर्मेट आउने र सजिलै सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ ।