धनगढी: नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम सेती शाखाको नयाँ कार्यकारिणी समिति चयन भएको छ । बुधवार सर्वसम्मत रूपमा अध्यक्ष सहित ११ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको हो ।
वर्ष २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा. खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा. नरबहादुर मौनी, सचिव डा. मेराज आलम अन्सारी, कोषाध्यक्ष डा. रवीन्द्रदेव भट्ट, सह-सचिव डा. जगदीश विष्ट, सह-कोषाध्यक्ष डा. जोनस तिवारी चयन भएका छन् ।
यस्तै, सदस्यहरू मा क्रमशः डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा.शाम्यक शाक्य चयन भएका छन् । भने यस अघि सङ्घको अध्यक्ष डा. प्रदीप मिश्र रहेका थिए ।