धनगढी: पत्रकार महासंघ केन्द्रीय समिति लगायतका सम्बद्ध संघ संस्थाहरूले कञ्चनपुरमा प्रहरीले कानुनको गलत प्रयोग गरी पत्रकार पक्राउ गरेको भन्दै दुःख व्यक्ति गरेका छन् ।
पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा जारी विज्ञप्ति :
पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा जारी विज्ञप्तिः
पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुरद्वारा जारी विज्ञप्ति:
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर कञ्चनपुरद्वारा जारी संयुक्त विज्ञप्तिः
शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो ऐश्वर्य कुँवरलाई नियन्त्रणमा लिएको थियो ।
भट्ट र कुँवरलाई विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम सार्वजनिक गरेको छैन भने पत्रकार द्वयलाई एउटै प्रकृतिको मुद्दा लगाइएको छ ।
कुँवर र भट्टले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।