बैतडी : बैतडीको पुर्चौडी ४ भटनामा दनौज जात सुरु भएको छ । शुक्रवार शिवरात्रि सँगै आज साँझबाट दनौज जातको पहिलो दिन आज जागरन मनाइएको हो ।
यहाँ मालिका र महादेवको आज पूजा आराधना हुने गर्दछ । आज बाट दनौज जातको प्रक्रिया मालिका माताको पूजा गर्ने कार्य एक महिनाभर चल्ने र चैते दसैँमा पर्ने राम नवमी पछिको एकादशीको दिन विशेष रूपमा देवी मालिका शिव लगायतका ३३ कोटी देवताको जयजयकार गर्दै समापन हुने छ ।