राउटे समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता

कर्णाली प्रदेशको दैलेखमा लोपोन्मुख राउटे समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।

धनगढी : कर्णाली प्रदेशको दैलेखमा लोपोन्मुख राउटे समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । जिल्लाको गुराँस गाउँपालिका वार्ड नं. १ मा रहेको उक्त समुदायमा अवलोकन गर्न पुगेका ‘ब्याग अफ होप’का पदाधिकारीहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता गरेका हुन्  । 

ब्याग अफ होपका एस.पी भट्ट र नितेश जोशी करिब करिब ३० घण्टाको यात्रा तय गरेर त्यहाँका मानिसहरूको आर्थिक सामाजिक र स्वास्थ्य स्थितिबारे अवलोकन गर्न गएका बेला गुराँस गा पा ०१ दैलेख पुगेरै स्थानीय राउटे समुदायका बासिन्दा सङ्ग निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बाचा गरेका छन् । 

‘अहिले हामी अवलोकन र समन्वयका लागि यहाँ आइपुगेका हौ, चाँडै विशेषज्ञ सहितको स्वास्थ्य शिविर पुर्‍याउँछौँ ।’ उक्त कार्यक्रमको नेतृत्व समेत गरिरहेका युवा एस.पी भट्टले बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार