गोदावरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाएनन ७ महिनाको तलव

कैलालीको गोदावरी नगरपालिका
कैलालीको गोदावरी नगरपालिका

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ७ महिना देखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा लगायत मालाखेती अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले कार्तिक महिना यताको तलब नपाएका हुन ।

संघ र स्थानीय सरकारको चेपुवामा परेका स्वास्थ्यकर्मीले ७ महिना सम्म तलब नपाएपछि अहिले दैनिकी चलाउन पनि धौधौ हुन लागेको दुखेको पोख्न थालेका छन् ।

तिनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको चर्को भाषण गर्दै आए पनि व्यवहार भने उल्टो देखाउँदा हाल गोदावरीमा कार्यरत दरबन्दीकै ९० भन्दा बढी स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन् ।

संघ सरकारले ती स्वास्थ्यकर्मीका लागि न नियमित पाउनु पर्ने तलब पठाएको छ न नगरपालिकाले ती स्वास्थ्यकर्मीलाई आफू मातहतका स्वास्थ्य संस्थामा खटाएर नियमित सेवा सुविधा दिने उत्तरदायित्व बहन गर्न सकेको छ ।

देशै भरी स्वास्थ्यकर्मीले नियमित तलब पाउन नसकेको गुनासो गर्दै आएका भए पनि गोदावरीमा भने व्यवस्थापकीय पक्ष फितलो नहुँदा झन् बढी समस्या रहेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘७ महिना सम्म तलब नपाएर काम गर्नुपर्दाको पीडा भनिसाध्य छैन’ नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मीले भने ‘आफै बिरामी हुँदा औषधी किन्न नसकेर रोग पालेर बस्नु परेको छ । अनि हामीले कसरी बिरामीको उपचार गर्छौ ।िउनले समस्या जसरी आएको भए पनि नगरपालिका मातहतमा काम गरेपछि नगरले तलब दिने उत्तरदायित्व वहन गर्नुपर्ने बताए । ‘नगरपालिकाले चाहेको खण्डमा श्रोत भर्ना गर्ने गरी पनि हामीलाई तलब दिन सक्थ्यो’ उनले भने ‘तर, हाम्रो वास्ता गरेको छैन । काम गरेकै छन् चलेकै छ भनेर बेवास्ता गरेको छ ।’ उनले विरोध गरे नगरबाट झन् कर्मचारीलाई दुःख दिने काम हुने गरेको दुखेसो पोखे ।

स्वास्थ्यकर्मीलाई नियमित तलब खुवाउन नगरपालिकाले आन्तरिक श्रोतबाट तलब खुवाएर श्रोत भर्ना गर्न सक्ने भए पनि त्यसका लागि बजेट अभाव रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले बताए । उनले स्वास्थ्यका कर्मचारीलाई असोज यताको तलब खुवाउन मात्रै ४ करोड बढी रकम आवश्यक पर्ने भएकाले त्यसका लागि नगरबाटै पनि श्रोत भर्ना हुने गरी खुवाउन सकिन्छ या सकिँदैन भनेर कार्यपालिका बैठक बसेर छलफल गर्ने बताए ।

‘हामीले तलबका लागि संघ सरकार सँग पटक पटक कुरा गर्दा हुन्छ हुन्छ भन्ने आश्वासन मात्रै पाइयो’ उनले भने ‘अब तलब त जसरी पछि खुवाउनु पर्ला त्यसका लागि हामी छलफल गरेर निर्णय गर्छौ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार