कैलालीको गोदावरी नगरपालिकाले पनि भन्यो ७ दिन भित्र सडक अतिक्रमण हटाऊँ

गोदावरी नगरपालिका

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना निकालेको छ । बिहिबार गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात पेटी किनारामा निर्माण गरिएका टिनको छानो (पाली) र सडकपेटीमा राखिएका मालसमान हटाउन सूचना जारी गरेको हो ।

नगरपालिकाले सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै शुक्रबार देखि ७ दिन भित्रमा सडक खालि गराउन अनुरोग गरेको छ ।

साथै नगरपालिकाले सडकपेटिमा ठेलागाडा नराख्न पनि आग्रह गरेको छ । सूचनामा भनिएको छ ‘बजारमा रहेका ठेलागाडाहरु ल्याउँदा र लैजादा बाहेकको समयमा सडकपेटीमा राखी व्यापार गरेको पाइएमा ठेलागाडाहरुलाई नियमानुसार कार्वाही गरी माल समान समेत जफत गरिने छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार