सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ५० प्रतिशत स्वास्थ्य उपकरणहरू प्रयोगमा नआउँदै थन्क्याइयो

सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ५० प्रतिशत स्वास्थ्य उपकरणहरू प्रयोगमा नआउँदै थन्क्याइयो

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य उपकरणहरू प्रयोगमा नआउँदै थन्क्याइएको पाइएको छ । कोरोना सक्रंमण तथा अन्य समयमा खरिद भएका र दाताहरुबाट उपलब्ध भएका स्वास्थ्य उपकरणहरु प्रयोग बिहिन बनेका हुन् । प्रदेशका दुई हजार सात सय ११ वडा स्वास्थ्य उपकरणहरुमा गरिएको सर्बेक्षणले अधिकाशं उपकरण प्रयोग बिहिन रहेको देखाएको छ ।

सुदूरपश्चिममा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गरिएको छ। स्वास्थ्य सेवा बिभागका अनुसार २०२३ अक्टोबरदेखि गत मार्चसम्म सुदूपश्चिमका विभिन्न जिल्ला, आधारभूत र प्रादेशिक अस्पतालमा ठूलो संख्यामा उपकरणहरू थन्किएको फेला परेको छ। प्रदेशमा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा ५० प्रतिशत प्रयोगनै नगरी थन्क्याइएको पाइएको छ ।

कोरोना संक्रमणका बेला खरिद गरिएका तथा दाताहरुबाट आएका ति उपकरणहरु प्रयोगमा नआउँदै थन्क्याइएपछि बिग्रिने जोखिम बढेको छ । बाजुरा अस्पताल, बझाङ अस्पताल, महाकाली प्रादेशिक अस्पताल, दार्चुला अस्पताल, मंगलसेन अस्पताल, सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, डडेल्धुरा अस्पताल, जोडबुडा अस्पताल तथा बैतडी अस्पतालमा उपकरण थन्किएका छन्। ती अस्पतालमा सर्वेक्षण गर्दा महामारीमा अनुदान आएका धेरैजसो सामानहरू थन्किएको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणको क्रममा कोभिड महामारीको समयमा अनुदानमा आएका सामानहरू धेरैजसो थन्किएको फेला परेको छ। अस्पतालहरूमा रहेका उपकरणमध्ये बिग्रिएर, जडान नगरेर र प्रयोग नगरेर २९५ थन्किएको सर्वेक्षणले देखाएको छ। उपकरणको अवस्था अपडेट गर्न अनिवार्य गरिएको डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणालीसमेत कार्यान्वयनमा नल्याउँदा समस्या भइरहेको बिभागले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार