लर्न टुडे, लिड टुमारो नाराका साथ जेठ ३१ र ३२ गते एसपीए एक्सपो आयोजना हुने

लर्न टुडे, लिड टुमारो नाराका साथ जेठ ३१ र ३२ गते एसपीए एक्सपो आयोजना हुने

धनगढी : सुदूरपश्चिमकै पहिलो एनएमएसटी स्मार्ट स्कुल एसपिए कलेजले ‘लर्न टुडे, लिड टुमारो’ नाराका साथ २ दिने ‘एसपीए एक्सपो’ आयोजना गर्ने भएको छ । कलेजले एसइई दिएर बसेका विद्यार्थीहरू लागि सञ्चालन गर्न लागेकाे उक्त प्रदर्शनी कार्यक्रम यही जेठ ३१ र ३२ गते आयोजना गर्ने भएको हो । 

कलेजका माध्यमिक तह कार्यक्रम संयोजक उषा शाहुका अनुसार एसपीए एक्सपोमा  विद्यार्थीहरूले आफूसँग भएको कुनै पनि कला, प्रतिभा, क्षमता, विज्ञान, सूचना-प्रविधिमा आधारित कौशल समेत प्रदर्शन गर्न सक्नेछन् ।

क्रिकेटको सहर धनगढी-२ सन्तोषी टोलमा अवस्थित कलेज परिसरमा बिहान ७ः३० बजेबाट सुरु हुने एक्सपोमा सहभागी हुन विद्यार्थिहरुका लागि कलेजले अनलाइन दर्ता समेत खुला गरेको शाहुले जानकारी दिइन् । 

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानुन, मानविकी लगायत सङ्कायहरूको अध्ययन अध्यापन हुँदै आएको कलेजमा यही शैक्षिक सत्रदेखि भौतिक तथा एआई शिक्षकद्वारा पठन-पाठन गरिने एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ले जानकारी दिए । 

यसका साथै कलेजले कक्षा ११ र १२ पढ्न चाहने विद्यार्थीहरू का लागि सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लाका दुई/दुई जना र देशभरका अन्य जिल्लाबाट २ जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने गरी राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१/८२ को व्यवस्था गरेको छ । 

यही २०८१ जेठ ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्ने अन्तिम मिति र २०८१ जेठ ३२ गते, शुक्रवार बिहान ८ बजे देखि अन्तर्वार्ता तय गरिएको शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रक्रियाका लागि आवेदन दिन कलेजको वईभसाइट तथा पेजमा गई जुनसुकै ठाउँबाट पनि सूचनामा आवश्यक विवरणहरू भरि अथवा एसपीए कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार